नवउद्यमी युवा प्रतिभा प्रोत्साहनका लागि व्यवसायिक प्रोफायल पेश गर्ने सम्बन्धी सूचना
युवा मैत्री स्थानीय विकास प्रोत्साहन कार्यक्रम सम्बन्धमा

माननीय रत्न बहादुर खत्री

सामाजिक विकास मन्त्री (अध्यक्ष)

गोबिन्द बहादुर खत्री

कार्यकारी उपाध्यक्ष

सरोज खनाल

कार्याकारी सदस्य
हाम्रो बारे

युवा शक्ति कुनै पनि प्रदेश र देशको राजनैतिक¸ आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । यो समूह जनसङ्ख्याको सर्वाधिक सक्रिय¸ उर्जावान र गतिशिल समूह पनि हो । यो मानव संसाधन विकासको प्रमुख साधन हो । युवा राष्ट्रिय विकासका प्रमुख मानव स्रोत र साधन भएकोले यिनको विकास नभै देशको विकास असंभव छ । हरेक राजनैतिक परिवर्तनलाई संस्थागत गर्न र राष्ट्र निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । युवा जनशक्तिको सङ्ख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ । हरेक देशको विकास र प्रगतिमा युवाको योगदान नै प्रमुख हुने गरेको छ । यसबाट नेपाल युवा जनसाङ्ख्यिक लाभांशबाट फाइदा लिई समृद्धि र विकासको सुनौलो युगमा प्रवेश गर्नसक्ने अवसरको अवस्थामा रहे पनि राजनीतिक सङ्क्रमणका कारण देशको आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुन सकेको छैन । थप जानकारी

पदाधिकारी / कर्मचारी
सुचना अधिकारी
कार्यक्रम