युवा शक्ति कुनै पनि प्रदेश र देशको राजनैतिक¸ आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । यो समूह जनसङ्ख्याको सर्वाधिक सक्रिय¸ उर्जावान र गतिशिल समूह पनि हो । यो मानव संसाधन विकासको प्रमुख साधन हो । युवा राष्ट्रिय विकासका प्रमुख मानव स्रोत र साधन भएकोले यिनको विकास नभै देशको विकास असंभव छ । हरेक राजनैतिक परिवर्तनलाई संस्थागत गर्न र राष्ट्र निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । युवा जनशक्तिको सङ्ख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ । हरेक देशको विकास र प्रगतिमा युवाको योगदान नै प्रमुख हुने गरेको छ । यसबाट नेपाल युवा जनसाङ्ख्यिक लाभांशबाट फाइदा लिई समृद्धि र विकासको सुनौलो युगमा प्रवेश गर्नसक्ने अवसरको अवस्थामा रहे पनि राजनीतिक सङ्क्रमणका कारण देशको आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुन सकेको छैन । तथापि हालका केही वर्षमा युवा विकास¸ उद्यमशिलता र स्वरोजगारका क्षेत्रमा आशालाग्दा संकेतहरु देखा पर्न थालेका छन् । यो हामी सबैका लागि गर्वको विषय हो। युवा अवस्थालाई विभिन्न मुलुकले फरक फरक तरिकाले परिभाषित गरेको पाइन्छ । शारीरिक र मानसिक विकासका दृष्टिले युवा भन्नाले किशोर अवस्था र वयस्क अवस्थाबीचको उमेर समूहलाई जनाउँछ । यो कूल जनसङ्ख्याको सर्वाधिक सक्रिय, उर्जावान् र गतिशील समूह हो । संसारका विभिन्न देशहरूको अनुभव हेर्दा पनि युवाको उमेर समूह फरक फरक पाइन्छ । संयुक्त राष्ट्रसंघ र विश्व बैँक जस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको पाइन्छ । पछिल्लो पटक संयुक्त राष्ट्रसंघले समेत ग्ल्क्ऋच् २२५० का सन्दर्भमा युवाको उमेर समूहलाई १५–२९ को रुपमा आत्मसात गरेको सन्दर्भ पनि छ । नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ भने त्यसैलाई आधार मानी प्रदेश युवा परिषद् गठन आदेश २०७८ ले पनि १६ देखि ४० वर्षका उमेर समूहलाई परिभाषित गरेको छ ।
युवा शक्ति कुनै पनि प्रदेश र देशको राजनैतिक¸ आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । यो समूह जनसङ्ख्याको सर्वाधिक सक्रिय¸ उर्जावान र गतिशिल समूह पनि हो । यो मानव संसाधन विकासको प्रमुख साधन हो । युवा राष्ट्रिय विकासका प्रमुख मानव स्रोत र साधन भएकोले यिनको विकास नभै देशको विकास असंभव छ । हरेक राजनैतिक परिवर्तनलाई संस्थागत गर्न र राष्ट्र निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । युवा जनशक्तिको सङ्ख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ । हरेक देशको विकास र प्रगतिमा युवाको योगदान नै प्रमुख हुने गरेको छ । यसबाट नेपाल युवा जनसाङ्ख्यिक लाभांशबाट फाइदा लिई समृद्धि र विकासको सुनौलो युगमा प्रवेश गर्नसक्ने अवसरको अवस्थामा रहे पनि राजनीतिक सङ्क्रमणका कारण देशको आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुन सकेको छैन । तथापि हालका केही वर्षमा युवा विकास¸ उद्यमशिलता र स्वरोजगारका क्षेत्रमा आशालाग्दा संकेतहरु देखा पर्न थालेका छन् । यो हामी सबैका लागि गर्वको विषय हो।
युवा अवस्थालाई विभिन्न मुलुकले फरक फरक तरिकाले परिभाषित गरेको पाइन्छ । शारीरिक र मानसिक विकासका दृष्टिले युवा भन्नाले किशोर अवस्था र वयस्क अवस्थाबीचको उमेर समूहलाई जनाउँछ । यो कूल जनसङ्ख्याको सर्वाधिक सक्रिय, उर्जावान् र गतिशील समूह हो । संसारका विभिन्न देशहरूको अनुभव हेर्दा पनि युवाको उमेर समूह फरक फरक पाइन्छ । संयुक्त राष्ट्रसंघ र विश्व बैँक जस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको पाइन्छ । पछिल्लो पटक संयुक्त राष्ट्रसंघले समेत ग्ल्क्ऋच् २२५० का सन्दर्भमा युवाको उमेर समूहलाई १५–२९ को रुपमा आत्मसात गरेको सन्दर्भ पनि छ । नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ भने त्यसैलाई आधार मानी प्रदेश युवा परिषद् लुम्बिनी प्रदेशले पनि १६ देखि ४० वर्षका उमेर समूहलाई परिभाषित गरेको छ ।
नेपाल संघीय संरचनामा परिणत भइ संघ, प्रदेश र स्थानीय सरकारको व्यवस्था भए पश्चात २०७४ सालमा तीनै तहको निर्वाचन सम्पन्न भई प्रदेश सरकार गठन भएको हो । लुम्बिनी प्रदेश सरकार मातहत रहेका विभिन्न मन्त्रालय मध्ये युवा क्षेत्रमा कार्य सम्पादन गर्ने जिम्मेवारी समाजिक विकास मन्त्रालयमा रहेको छ । सोही मन्त्रालय अन्तरगत रही यस परिषद्ले युवासम्बन्धी विषयहरुको प्रदेश स्तरीय नीति, कानून , योजना, निर्देशिका, कार्यविधि, मापदण्डहरुको निर्माण गरी कार्यान्वयन गरिरहेको छ ।
प्रदेश युवा परिषद गठन अदेश निर्माणसँगै युवा परिषद्को गठन गरी युवा विकास र परिचालनका विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । युवासँग सम्बन्धित शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, श्रम तथा रोजगार लगायतका क्षेत्रमा प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूले क्षेत्रगत नीति तर्जुमा गरी कार्यक्रमहरु कार्यान्वयन गर्दै आएका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्यले प्रदेश युवा परिषद् (गठन) अदेश २०७८ जारी भई सो अनुसार प्रदेश युवा परिषद् स्थापना (गठन) भैसकेको छ । परिषद्को औपचारिक गठन पश्चात यसले कार्यालय व्यवस्थापन गरी आफ्नो कार्यारम्भ गरिसकेको छ । प्रदेश भित्रका विभिन्न निकायहरू, युवा विकाससँग सम्बन्धित संघसंस्थाहरू, अन्तरप्रदेश र अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई युवा विकासको लक्ष्यमा समन्वयात्मक रूपमा परिचालन गरी प्रदेश योजना निर्माण हुने प्रक्रिया रहेको छ । प्रदेशलाई समृद्ध बनाउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारीमूलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्नुपर्दछ । यो युवा विकासको लागि गरिनु पर्ने आधारभूत कार्य हो । युवा उद्यमशीलता, सिप विकास र रोजगारी सिर्जना अर्को प्रमुख कार्य हो । कृषि, पर्यटन, उर्जा, पूर्वाधार र रोजगारीका महत्वपूर्ण क्षेत्र हुन्। त्यसैगरी सबल र स्वस्थ युवा निर्माणका लागि महत्वपूर्ण काम युवाका लागि स्वास्थ्य र सामाजिक सुरक्षाको सुनिश्चितता हो । युवालाई कस्तो प्रणालीबाट हामी स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान गर्न सक्छौं भन्ने कुरा महत्वपूर्ण हुन आउँछ ।
लुम्बिनी प्रदेशका युवाको चाहना र आबश्यकता अनुसार २०७८ सालमा लुम्बिनी प्रदेशको मन्त्री परिषद बाट युवा परिषद् गठन अदेश २०७८ बनाएको हो । यसै गठन अदेशको आधारमा युवा हेर्ने मन्त्रालय अन्तर्गत रहने गरी प्रदेश युवा परिषद्को कार्यालय २०७८ सालमा स्थापना भई कार्य सञ्चालन गरिरहेको छ । अब आगामि दिनमा लुम्बिनी प्रदेश भित्रका युवाहरुको सर्वाङ्गिण विकासका लागि कार्यक्रमहरु यसै कार्यालयबाट संचालन हुनेछन् ।
युवा परिचालन, सहभागिता र नेतृत्व विकासविना कुनै पनि समाज र प्रदेशले विकासको अपेक्षित लक्ष्य हासिल गर्न सक्दैन । युवाको भूमिका मार्फत समाज र देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न सकिन्छ । यी आधारस्तम्भहरुलाई प्रभावकारी ढङ्गले लागू गर्न प्रदेश युवा परिषद् प्रतिवद्ध र प्रयासरत छ ।